चेलीबेटी तस्कर युवतीसहित विप्लव माओवादीको फन्दामा ! डिएसपी पाठक भन्छन्, कनुनविपरित भयो
- इमान्दार मिडिया संवाददाता ।
मानव तस्करी एउटा जघन्य अपराध हो । तस्कर अर्थात अपराधिले यो कुरा थाहा पाउदा पाउदैसमेत त्यहि काममा निरन्तर लागिरहन्छ । विभिन्न प्रलोभनमा पारेर नेपाली चेलीबेटी भारत तथा तेस्रो मुलुक पुर्याएर बेच्ने क्रम अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
केही वर्षअघिसम्म चेलीबेटी बेचबिखनको मुख्य गन्तव्य भारत मात्र थियो । तर, पछिल्ला वर्षमा वैदेशिक रोजगारीको बहानामा खाडी राष्ट्रदेखि युरोप–अमेरिकासम्म कुनै न कुनै रूपले युवतीहरूको बेचबिखन भइरहेका समचार सूचनाहरु बेला बेलामा पढ्न र सुन्न पाइन्छ । यो नहुनुपर्ने कार्य हो तर पनि भइरहन्छ ।
मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपा (माओवादी)ले कैलालीको टीकापुरबाट यस्तै चेलीबेटी तस्करलाई आफ्नो फन्दामा पारेर एक महिलालाई बेचिनबाट जोगाएको दाबी गरेकाे छ ।
नेकपा (माओवादी) टीकापुर नगर सेक्रेटरी झलक विकका अनुसार चेलीबेटी तस्कर टिकापुर ६ कटानपुरका दानेयल बिकले टिकापुरास्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी ३० बर्षिया नानीमाया परियार (नाम परिवर्तन) लाई बेच्न लगिरहेको अवस्थामा आफ्नो नियन्त्रणमा लिएको बताएका छन् ।
नानीमायााई दानेयलले भारतको बाटो भएर कुवेत पठाईदिने प्रलोभन देखाएर मंगलबार टिकापुरबाटै अटो रिक्सा प्रयोग गरि करिब १५ किलोमिटरको दुरीमा रहेको संग्रौलाघाट हुदै तिकुनिया बर्डर कटाएका थिए ।
सेक्रेटरी बिकले इमान्दार मिडियासँग भने -'चेलीबेटी बेचबिखनमा संलग्न रहेको आसंकाका आधारमा दानेयललाई हामीले निगरानीमा राखेका थियौं, उनि युवती लिएर गाउँबाट हिडेको थाहा पाएपछि हामीले पछ्याउदै जाने क्रममा तिकुनिया बर्डर पार गरिसकेपछि भेट्टाउन सफल भायौं ।'
सामान किन्न जाने भन्दै उनीहरूले एक्लाएक्लै सिमानाका पार गरेकाे बिककाे भनार्इ छ ।
'नियन्त्रणमा लिएर सोधपुछ गर्नेवितिक्कै दानेयलले आफु चेलीबेटी बेचबिखनमा संलग्न रहेको स्वीकार्दै यसअघि ३ जना महिलालाई बेचिसकेको बाताए ।' सेक्रेटरी बिकले भने ' त्यसपछि हामीले पत्रकार सम्मेलन गरेर दुवैजनालाई इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएका हौै।'
यस्ता अमानवीय गतिविधि गर्नेहरु आफ्नो पार्टीको निगरानीमा रहेको भन्दै उनले दलाल, तस्कर, भ्रष्टाचारिहरूलार्इ खाेजेरै कारवाहीकाे दायरामा ल्याउने बताए ।
डिएसपी पाठक भन्छन् यसरी समात्नु कानुनविपरीत काम भयो
यता टीकापुर प्रहरीले भने यो घटनाबारे फरक धारणा राखेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी सुदिप पाठकले दानेयल र नानीमायको विषयलाई लिएर विप्लव माओवादीले गरेको कार्य कानुनविपरीत रहेको बताए ।
'दानेयलले नानीमायलार्इ बेच्ने उदेश्यले लगेकाे हाे या हैन भन्ने कुरा अनुसन्धानबाट मात्रै पत्ता लगाउन सकिन्छ, हामीले अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएका छौं, र अनुसन्धानकै क्रममा छौं ।' उनले इमान्दार मिडियासँगको टेलीफोन बार्तामा भने, - 'मान्छेको भिडमा उनीहरुले को-कोसँग के-के स्वीकारे हामीलाई थाहा छैन, पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउने काम प्रहरीको हो, त्यसरी अरूले प्रेसमिट गर्नु भनेको कानुन हातमा लिनुजस्तै हो ।'
यस विषयमा थप अनुसन्धान गरि भोलिसम्ममा सत्यतथ्य बाहिर ल्याइने डिएसपी पाठकले बताए ।
२०७३ पुस २६ मा प्रकाशित ।
२०७३ पुस २६ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...