ठुली गाडको भेलले बगाएका निश्प्रभाका सपनाहरू !


साउन र भदौको महिना हुदो हो सायद मलाई यस्तै लागिरहेको छ । बाटो भरी ऐझेरुले आफ्नो पुर्ण आकार बनाएर बाटोलाई निषेधित जस्तै बनाएको हामीलाइ भान परिरहेको थियो । 

हामीलाई हाम्रो यात्रा अगाडि बढाउनलाई ऐझेरुका काडेदार झारहरु पन्छाउन हम्मे-हम्मे परिरहेको बेला आकाशले आफ्नो छत माथीबाट मुशालधारे पानीको सिमसिम बर्षा झन बाक्लो बनाउदै थियो । हामी साँस्कृतिक कर्मीहरु डोटी र कैलालीको बिच किनारमा बग्ने ठुली गाडको गतिसँगै कुदिरहेका थियौ ।

डडेल्धुराको ३ महिने साँस्कृतिक अभियानलाई अन्तिम रुप दिदै हामी डोटिको जोरायल र बिपिनगरको यात्राबाट कैलाली झर्ने मेसो मिलाउदै थियौ । बर्खा यामले गर्दा होला हामीले हिजोको दिनमा कोरेका सामान्य गोरेटोहरु केरमेट गरेजस्तै गरि मेटिएका भेटिन्थे । 

प्राय हिउदे याममा ठुली गाडको स्वभाव कति मिजासिलो र कति आनन्दित तवरले शान्त गतिमा मनमोहक देखिन्थ्यो । तर आज उसले लिएको गति अनि उ बगिरहने खोल्साका ती डिलहरु बेजोडले काटिएर भासिन थालेका छन् । त्यो शान्त र गम्भीर स्वभाव अनि बहकिने यात्रा आज अलि फरक देखाइरहेको छ । 

खहरे खोलाहरुसितको जम्काभेटले पनि होला उ हिजो भन्दा आज शक्तिशाली जस्तै देखिएको त्यो शान्त स्वभावले बगिरहेने रुप अलि फरक तरिकाले ढलिमली गर्दै अराजक र असन्तुलित स्वभावको जस्तै देखिएको थियो । 

यस्तो लाग्थ्यो आफ्नो किनारमा यात्रा गरिरहेका ती यात्रीहरुलाई हिजो शान्त स्वभावमा मिलाएको त्यो सामीप्यता आज कुनै सम्बन्धको नाता नरहेको जस्तै गरि आफ्ना भेलहरुलाई उल्टिपाल्टि पार्दै हामी निरन्तर कुदिरहेका यात्रीसँग कुनै प्रतिसोध लिनु छ जसरी आफ्नो भाब भङ्गीमा आक्रोशका रेखाहरु बुनिरहेको छ ! जस्तो हामी किनारामा हिडिरहेका साँस्कृतिककर्मी यात्रीलाई स्वभाबैले महसुस भैरहेको थियो ।

अघिल्लो दिनहरुको यात्राहरु भन्दा हाम्रो लागि यो यात्रा मौसमी प्रतिकुलताले पनि त्यति नै चुनौतीपूर्ण थियो । लस्करैमा निस्केका यात्रीहरु स्वर्णिम, अमोघ, दिपलहर, निर्मोही, दृष्टि,भावना, निस्प्रभा,बिन्दु, आकाश, सगर्भ, प्रकाश, आबेक, विवश, दिपेन्द्र, एण्डिज, सुनिता, बबिता, कीर्तिमान, सायद यस्तै-यस्तै प्रियजनहरु बन्द आकाशको खुम्चिएको घुम्टोलाई आफैले उघारे जस्तै गरि ठुली गाडका ती चिप्ला ठुला-ठुला ढुङ्गाहरुमा चिप्लेटी खेल्दै यात्रालाई निरंतरता दिइरहेकै थियौ । उता ठुली गाडकै ति किनाराबाट निस्केका खहरे खोलाहरुको सुसाइ र रुप रङ्गले त्यो ठुली गाडलाई बैमानीको उर्जा थपिरहेको छ जस्तो हाम्रो मनमा लागिरहेको थियो ।

यात्रा सुरुवातीमा खुम्चिएको आकाशको घुम्टो पनि बिस्तारै बिहानीको उज्याला किरणहरुसँगै मेटिन थालिसकेको थियो । जब जब बिहानीले उज्यालो किरणसँगै उता डोटीको र यता कैलालीको होचा र चम्किला पहाडका टुप्पोमा घामका किरणहरुले स्पष्ट र चम्किलो सगल उपस्थिति एक छत्र रुपमा जनाइ रहेका थिए तब - तब हाम्रो अवरोधको निम्ति भनेर निस्केका ती कालो बादलका धर्साहरु हामी देखि मेटिदै गैरहेका थिए । 

घामको किरणले खुला धर्तीमा एकछत्र आफुले राज गरे जसरी हामीले पनि हाम्रो यात्रालाई ठुली गाडको त्यो किनारामा एक साम्यवादको सपनाको निम्ति निरन्तर बढाइरहेका थियौ । हामी देखि जङ्गिएको त्यो ठुली गाडको सुसाइ र अनियन्त्रित स्वभावबाट हामी कत्ती आत्तिएका थिएनौ । किन कि हामीसँग उज्यालोको पूरा साथ थियो र पो हामी हाम्रो संकल्पको यात्रामा इमानदारीता प्रकट गर्दै त्यो किनारामा निस्प्रभासीतको सगल साथमा दौडिरहेका थियौ ।

सपनाहरू कम्तीका महत्त्वकाक्षी थिएनन् । हामी यात्रामा ती सपनाहरूको सगल रुप भेटाउन निरन्तर कुदेका कुदै छौ । उमेरले त्यस्तै १८ \ १९ टेकेको हुदो हो, हामी हाम्रो यात्रामा पुर्णतः परिपक्क भएर हिडेका थियौ । 

जब हाम्रो यात्राको अगाडि स्वर्णिम हार्मोनियम बोकेर ठुली गाडको त्यो चिप्लो असाध्यै कठिन भिरमा आफ्नो जीवनको प्रबाह नगरी जब सजिलो तरिकाले अवतरणको बाटो रोज्दै हुनुहुन्थ्यो । उहाँ त्यो भिरबाट सफल यात्री भएर उ त्यो छेउ किनारामा उभिएर एक छिन मुसुक्क हासेर जीवन जितेको मुस्कान छोड्दै त्यो भिरमा बाकी हामी सहयात्रीलाई यताबाट सजिलो हुन्छ ! यो तरिकाले आउनुहोस् यस्तै यस्तै ! त्यो भिर बाटोको निर्देशन गरिरहनुभएको थियो । 

स्वर्णिमको त्यो बिबेकशिल यात्राको अवतरणले हामीले जस्ताको त्यस्तै सगलरूपमा त्यहि ठुली गाडको किनारामा ठूलो युद्ध जिते जस्तै गरि केही समय खुसियालीको भावना साटासाट गरेर आराम गर्ने मेसो मिलायौ ।

बिहानको ११ बजिसकेको थियो । अघिल्लो दिनको भोकले हामीलाई यात्रामा थप कठिनाइको भारी बोकिरहनु परेको पीडाले झन कष्ट थपिदै थियो । केही साथीहरूलाई खानाको बन्दोबस्त मिलाउन बिहानै अगाडि पठाइसकेका थियौ । 

हाम्रो शरीरलाई सहनै नसक्ने गरि त्यो बेइमानी ठुली गाडको किनारामा चर्को घामले भदभती पोलिरहेको थियो । केही समय शितलताको आनन्द लिन त्यो अस्वभाविक तवरले बगिरहेको ठुली गाडसँगै हामी पनि एक छिनलाई किनारमा मिसिने मेसो मिलायौ । बैनिहरुको टिम हामी भन्दा केही माथी किनारामा डुबुल्की खेल्दै थिए । हामी तल पट्टी त्यो ठुली गाडको अस्वभाविक गति सँगै लडिरहेका थियौ ।

हातमा भएको घडीको सुइले आफ्नो समयको रप्तारलाई कुदाएको कुदाइ छ । हामी त्यो ठुली गाडसँग पौठा जोडि खेलेको ५ मिनेट के बितेको थियो । त्यो अस्वभाविक धमिलो पानीको भेलमा सबै भन्दा अगाडि मैले नै रातो टिसर्ट डुबुल्किएको देखे । 

त्यो देख्ना साथ मैले बैनीहरुलाई तिमीहरूको कपडा बगेको हो ? भनेर के सोधेको थिए ! सबै बैनीहरु त्यो गाडको किनारमा बेहोसीको तालमा चिच्याइरहेका थिए । जो मैले अलि अघि रातो टिसर्ट देखे त्यो । त्यो टिसर्टसंगै हामीबाट सधैको लागि निश्प्रभा त्यो बेइमानी खोलाको धमिलो पानीभित्र हाम्रो चम्किलो तारा खोसिसकेको रहेछ । केही समय पछि भावनाले वास्तविक कुरा हामीलाई सुनाइन् ।

हामीले ठुली गाडको किनारामामा गाभिएको त्यो ठूलो भिर पार गरेका खुसिहरु पुर्णतया साटिन नपाउदै । ५ मिनेटको समयले हामी सबैको अनुहारमा भोक थकाइ अनि त्यो प्रचण्ड गर्मीको बिच चम्किएका खुसीका रेखाहरु एकै छिनमा त्यो ठुली गाडको अस्वभाविक उर्लिदो भेलले हामीबाट सधैको लागि निस्प्रभालाई खोसेर लगेको त्यो पल अझैसम्म भावनाको प्रिय मुटुमा तिर हानी रहेको हुन्छ । 

जहाँ निश्प्रभाका ती सुन्दर सपनाहरू र निश्प्रभाको रुप हामीले मनले नमानी नमानी सधैको लागि त्यो एक किनारामा छोडेर हामी निश्प्रभा बिना अर्धचेतकै अबस्थामा यात्रालाई निरन्तरता दिएका थियौ ।

जब निश्प्रभालाई सधैको लागि हामीले गुमायौ । मेरो मनले निश्प्रभा गुमाएको साचो कुरो स्वीकार्न मानिरहेकै छैन । हाम्रो यात्रामा हामीले गरेका गहन छलफल र ती ठट्यौली पलहरुले म आफै बिहोसि भएको छु । उनी जहिले पनि मलाई आफ्नो नजिकको मानेर होला मन भित्री कुरा लुकाउन मान्दिन थिइन् । 

खाना खानु भन्दा अघि जहिले पनि मलाई सोधि राख्ने बानीले आज कति खेर सोध्छिन होला जसरी मेरो मन भित्रको पर्खाइको पल झन हतारिएको छ । उनीले अब ती सोध्ने शब्दहरू आज बाट म कहाँ फेरि दोहोरिन पाउने छैनन् । 

हाम्रो पारिबारिक सम्बन्धको एक सपना उनिले पनि देखेकी थिइन त्यो अब उनी कहिल्यै देख्न पाउने छैनन् । यी सबै सबै मेरो लागि जिन्दगीभर निको नहुने घाउ बनेर मेरो मुटुलाई चस्काइरहने काडा बाहेक अरु केही पनि रहेनन, जसको पीडामा म अहिलेसम्म तड्पिरहेको छु ।

निस्प्रभा जोसँग मेरो छोटो समयमा गहिरो भावनात्मक सम्बद्ध गासिएको  थियो । कारणहरु बिबिध थिए । अहिले यो समय र यो परिबेशसँग ती भाबनात्मक सम्बन्धहरु प्रस्तुत गर्दा त्यति उपयुक्त नहोलान, हाम्रो पारिबारिक सम्बन्धका अति घत लाग्दा सुखमय क्षणहरु कति सुन्दर रूपमा गासिएका थिए । 

ती पलहरु अझैसम्म मलाइ उस्तै लागिरहेका छन् । उनको घरमा म जादा बैनी सर्मिला र मम्मिहरुले दिनुभएको अर्ति म अब कोसंग भनेर धित मारुला यी सबै सजिब सम्झनाहरुले मलाई ढुक्कसँग निदाउन दिरहेको छैनन् ।

अझ त निस्प्रभा एक क्रान्तिकारी नायिकाको रूपमा मेरो मन मुटु र मस्तिष्कमा सजिएकी मेरो प्रिय कमरेड सधैका लागि लुटिएको त्यो पल कति सहि नसक्नुको पीडाले म तड्पिएर, आकुलव्याकुल भए,  अहिले पनि कल्पना गर्न सम्म सकिरहेको छैन ।

एउटा बिश्वासको सानो सम्बन्धले जीवनमा कतिसम्म सहि नसक्नुको पीडा दिएर जादो रहेछ । त्यो त यो घटना पछिका दिनहरुमा मैले आफ्नो दैनिकीसँग गुजारीरहेको छु । निस्प्रभा जोसँग कैयौं पटक ती सुदुर पश्चिमको बस्तीहरुमा जनता बिउझाउन क्रान्तिकारी गितहरुमा मैले हातमा हात जोडेर नाचेका ती पलहरु झन झन मलाई पिडाको महाभारतमा भौतारीन बाध्य पारिरहेका छन् । 

आफूले आफैलाइ समाल्न नसकेर अमोध र स्वर्णिम दाइहरुले मलाई उर्जा थप्न अनि शोकलाई शक्तिमा बदल्न प्रयासमा लागि परेकै छन् । तर किन हो किन मेरो मन ठेगानमा बस्न मानिरहेको छैन ।

जब हामीले खिमडिका ती सुन्दर फाटहरुमा जनमुक्ति सेनाको लस्करको बिचमा साँस्कृतिक कार्यक्रमको तयारी गरिरहेका थियौ । ती सुन्दर जनमुक्ति सेनाको लस्करहरुमा मेरा यी आँखाहरुले निस्प्रभालाई लुकाउनै मानिरहेको छैन । 

जनमुक्ति सेनाको लस्करमा होस् या ती साँस्कृतिक कार्यक्रममा गुन्जिरहने गितहरुको धुनमा, लस्करै नाचेका ती मेरा सहयात्री माझ होस् ! मेरो यी दुई आँखाले उहीँ निश्प्रभालाई खोजिरहेका हुन्छन् । र त्यही निश्प्रभालाई म नाचेको लस्करै हिडेको अनि सँगै खाएको देखिरहेको छु । 

उहीँ पुरानै हसिलो ओठहरु खुम्च्याएर त्यही पुरानै साङ्गेतिक धुनहरुमा उनीलाई एकै ठाउँमा अभिनयमा उभिएको देखिरहेको छु । निश्प्रभालाई बिर्सिन नमानेको यो मनलाई कसरी शान्त बनाउने कुनै एउटा नयाँ बाटो खोजिरहेको छु । 

निश्प्रभाको मृत्युपछिका २/४ महिना त मैले अनेकौ पिडाहरुमा गुजारेको थिए । जब उनकै आफ्नो फूपू जसले कालिकोटबाट मेरो र निश्प्रभाको नाममा पठाएको चिठी मेरो हातमा पर्‍यो । मलाई झन पिडाको भुमरीमा परेको पत्तो नै भएन ।

जति बेला निश्प्रभासँग बैचारिक प्रेमको हार्दिकताले हाम्रो सम्बन्धलाई झन दरिलो बनाउदै थियो । तर अपसोच खुसी लुटिएको त्यो पल मेरो लागि सधै बल्झिरहेने घाउ मात्र बनिरह्यो

दिनको त अनगिन्ती हिसाब रहेछ । बर्षहरु पनि करिब दसक कटिसकेका रहेछन् । निश्प्रभा तिम्रा सपनाहरू यो बेइमानी ठुली गाडसम्मको लागि मात्रै थिएनन् । आज तिम्रो अपुग हामीले प्रतेक पाइला पाइलामा महसुस गरिरहेका छौ ।

तिमीसँगै हात मिलाएका हाम्रा ती ताता पलहरु आज उस्तै रहिरहन मानिरहेका छैनन् । मनमा अनेक सम्झनारुपी पिडाहरु दिएर ऐठन बनेर बल्झिरहेका छन् । तिमी हुदाका बेला खुसी साटेका ती रास्कोटी आगनहरु तिमी छुटे देखि र तिम्रो फुपुको बिश्वास घातले गर्दा मेरो लागि पनि बिरानो जस्तै भएका छन् । 

फेरि ती आगनका डिलहरुमा तिमि बिनाको एकल यात्रा मेरो मनले गर्न मानिरहेको छैन । तिमी म बाट सधैका लागि छुटेको यो ठुली गाडको भेलमा तिम्रो सपनाहरू ओइलिए जस्तै देखिएका हुन् ! तर ती तिम्रा सुन्दर सपनाहरू कयौ ठुला आकार लिएर फिजिएका छन् । जो समुद्रको गहिराइ छामिरहेका छन् । हामी त्यही सपना साकारको बाटो पछ्याईरहेका छौ ।

निश्प्रभा तिमी छैनौ, आज हामीले ठूलो पीडा भोगिरहेका छौ । तिम्रो सपनाको हत्या कैयौ पटक हुन थालिसकेको थियो । हामी त्यो सपना मार्न नदिनको निम्ति रात दिन खटिरहेकै छौ । 

अब यी दिन फर्किने छैनन् । निस्प्राभा जुन दिन हामी जुन र ताराहरु सँग सँगै हासेर नाची बाचिरहेका थियौ यी सबै पलहरु सम्झनामा मात्र! रहे तिमिले बालेको आशाको दियो अब निभ्न नदिने प्रणकासाथ यी सबै तिम्रो निम्ति प्रिय निस्प्रभा मेरो बाचा भए ... अस्तु ।

२०७३ पुस २७ मा प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...