संविधान संशोधन प्रस्ताव असफल पार्ने ओलीको दाबी
- काठमाडौ २३ पुस।
काठमाडौमा एमालेसहितका नौँ विपक्षी दलहरुले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेकोले यसलाई असफल बनाउनुुपर्ने बताए ।
उनले संविधान संशोधन पास गर्दा मुलुकलाई नोक्सानी हुने जिकिर गरे । उनले भने, ‘कौडा खेल्दा कौडाको हैन सम्पत्तिको नोक्सन हुन्छ, तास खेल्दा जित्नेले तासको पत्ता हैन सम्पत्ति, पैसा नै लान्छ ।’
ओलीले अब क्यामराले नभेट्ने गरी हेलिकप्टरबाट फोटो खिच्ने गरी शक्ती देखाउने चेतावनी दिए ।
तराईमा एमालेलाई मधेश विरोधी देखाउनेहरुलाई आज मधेशी जनताले देखाएको उपस्थीतिले जवाफ दिइसकेको उनले दावी गरे ।
प्रतिकृया दिनुहोस्
Loading...