विजयकुमार गच्छदारले भने, यथास्थितिमा संशोधन विधेयकलाई समर्थन गर्न सकिदैन
- काठमाडौं, २३ पुस ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा आफ्नो दलले संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने बताएका छन् ।
शनिबार पोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै गच्छदारले ७ प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने जिकिर गरे ।
८ प्रदेशको सहमति तोडिएकाले नै अहिलेको अवस्था आएको दाबी गर्दै उनले भने, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर निकै विवादित जिल्ला रहँदै आएका छन्, तर यो संशोधन प्रस्तावले यसको कुरा गरेको छैन, त्यसैले यथास्थितिमा हामीले समर्थन गर्दैनौं ।’
यो विधेयकमा थारुहरुप्रति ठूलो धोका भएको भन्दै उनले पूर्वको एउटा प्रदेश बनाउनु पर्ने र कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव परिर्माजन नगरी समस्या समाधान नहुने दाबी समेत गरे ।
आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा लागेको पार्टी नभएको उनको जिकिर छ । प्रमुख दलहरुवीच सहमति, सहयकार्य र एकताको अहिलेपनि उतिकै खाँचो रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्
Loading...