यस्तो छ आज राष्ट्र बैंकले तोकेको विनिमय दर

  • काठमाडौं, ४ माघ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ३ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३५ पैसा र विक्रिदर २४ रुपैयाँ ४९ पैसा तोकेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १८ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ७७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ४३ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...