विप्लव माओवादीका विद्यार्थी कंचनपुरबाट गिरफ्तार, तत्काल रिहा नगरे कडा संघर्षमा उत्रिने शाहको चेतावनी
- काठमाडौं, २९ पुस ।
नेकपा (माओवादी)निकट अखिल (क्रान्तिकारी)का कंचनपुर जिल्ला कमिटी सचिवालय सदस्य मनिष भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ ।
अख्तियारका तत्कालीन आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत पेरिसमा क्रान्तिकारीका २ केन्द्रीय चन्द्र बुढा र प्रकाश शाहिलाइ ७ मा कालोमोसो दलको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएपछि अदालतले १ महिना जेल सजाय सुनाएको थियो ।
जेल सजाय सुनाएकाे भन्दै गत २६ गते क्रन्तिकारीले गरेको देशव्यापी सैक्षिक हडतालमा क्रममा बन्दको अवज्ञा गरेको भन्दै कंचनपुरस्थित ब्रिस्टन कलेजमा ताेडफाेन गरेकाे अाराेपमा प्रहरीले भट्टलाई गिरफ्तार गरेको हो ।
भट्टलाई शुक्रबार बिहानै महेन्द्रनगर बजारबाट गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बिरेन्द्र शाहले इमान्दार मिडियालाई बताए । साथै शाहले भट्टलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् ।
'उनले भने, आफै गल्ति गरेर आफै हाम्रा नेता कार्यकर्ता गि रफ्तार गर्ने प्रहरी प्रशासनको रवैयाप्रति हाम्रो गम्भीर आपत्ति छ ।' उनले भने - 'हाम्रो शान्तिपूर्ण बन्दको अवज्ञा गर्नेहरुमाथि हाम्रो प्रतिकार हुन्छा नै ।'
बिभिन्न बहानामा आफ्नो सङ्गठनका नेता कार्यकर्तालाई पटकपटक गिरफ्तार गर्नुले प्रहरी प्रशासन नै उदांगो बनेको उनको भनाई छ । आफ्ना नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा संघर्षमा उत्रिने शाहको चेतावनी छ ।
प्रतिकृया दिनुहोस्
Loading...