यथास्थितिमै संसद बैठक सुचारु गराउन नसकिने एमालेकाे निर्णय
- काठमाडौं,२३ पुस ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले यथास्थितिमा संसद बैठक सुचारु गराउन दिन नसकिने स्पष्ट पारेको छ । एमाले पार्टी स्थायी समितिको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्न नदिने अडानबाट पछि नहट्ने निर्णय गरेको हो ।
ललितपुरको भैसेपार्टीस्थित पार्टी उपाध्यक्ष बामदेव गौतमको निवासमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न पनि सरकार संविधान संशोधन प्रस्ताव फिर्ता लिन बाध्य हुनैपर्ने परिस्थिति झन बलियो भन्दै गएको निष्कर्ष समेत निकालेको छ ।
सर्वोच्च अदालतको आदेशपछि सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने कानुनी र नैतिक कुनै पनि आधार नरहेको एमोको दाबी छ ।
एमाले बैठकले संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनमा केन्दि्रत गराउन सरकारलाई पुनः आग्रह गरेको छ ।
एमालेले शुक्रबार काठमाडौमा भएको जनशक्ति प्रर्दशन सफल भएको भन्दै सबैलाई धन्यवाद दिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...