सिंहदरवारको मुख्य भवन नभत्काइने

  • काठमाडौं, ३ माघ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसँगै यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ ।

डेढ वर्षसम्म चलेको विवाद टुंग्याएर सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय भएको हो ।

सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि झण्डै २५ करोड बढी खर्च हुने अनुमान छ ।

सचिवालयले मूल भवनलाई भत्काएर नयाँ बनाउने प्रस्ताव गरेको थियो, तर पुरातत्व विभागले असहमति जनाएपछि समिति पुरानो निर्णयबाट पछि हटेको छ ।

०३० सालमा भएको आगलागीपछि पुनर्निर्माण गरिएको सिंहदरबार ०७२ वैशाख १२ को भूकम्पले हल्लाएपछि निकै जोखियुक्त अवस्थामा छ ।

प्रधानमन्त्रीको कार्यालय, योजना आयोग, रक्षा मन्त्रालय लगायत उच्च निकाय भवनबाट सरेपनि आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कर्णाली आयोगका कार्यालय यही भवनभित्रै सरेर आएका छन् ।

०७२ को भूकम्पले सिंहदरवारको सो भागको पश्चिमी मोहडामा धेरै क्षति पुगेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...