सोमबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

  • काठमाडौं,१७ माघ ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र विक्रिदर २९ रुपैयाँ ९८ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५६ पैसा र विक्रिदर २९ रुपैयाँ ७२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५० पैसा र विक्रिदर २४ रुपैयाँ ६३ पैसा तोकेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २१ पैसा र विक्रिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ७४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ९३ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...