लोकमानमाथि कालोमोसो दल्ने प्रकाश - चन्द्र रिहा, यसरी गरियो स्वागत (भिडियोसहित)

  • काठमाडौं, ७ माघ ।

गत पुस ७ गते सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने २ जना माओवादी कार्यकर्ता शुक्रबार रिहा भएका छन् ।

महा भ्रष्टको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश साहीले लोकमान सिंह कार्की माथि कालोमोसो दलेका थिए ।

कालोमोसो दले लगत्तै गिरप्तार परेका दुवै जनालाई अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको थियो । अदालतले तोकेको कैद सजाय शुक्रबार सकिएको हो ।

थुना मुक्त भएका आफ्ना कार्यकर्तालाई अखिल (क्रान्तिकारी)ले प्रहरी परिसर टेकुबाट  त्रिपुरेश्वर चोकसम्म जुलुस निकालेर फूलमाला अबिर लगाई भब्य स्वागतका साथ सम्मान गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको र्याली त्रिपुरेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।कोणसभामा संगठना केन्द्रिय महासचिब दिपेन्द्र चलाउने र केन्द्रीय अध्यक्ष पूर्ण सिंहले मन्तब्य राखेर थुना मुक्त आफ्ना कार्यकर्तालाई स्वागत गरेका थिए ।

कोणसभामा बोल्ने दुवै जना नेताहरुले अखिल क्रान्तिकारी निरन्तर भ्रष्टाचारबिरोधि आन्दोलनमा रहेको बताएका थिए। आफ्नो आन्दोलन निरन्तर जारी रहने बताउदै आगामी दिनमा आफ्नो आन्दोलन झन् शसक्त भएर जाने सिंह र चलाउनेको भनाइ थियो । 

हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...