युवा खेलाडी बिदेशीए नेपालको विकास कसले गर्ने - तेक्वान्दो प्रशिक्षक हान (भिडियो अन्तर्वार्ता)



  • काठमाडाैं, २७ पुस ।
खेल जगतमा अतुलनीय योगदान पुर्याउनका लागि आफ्नो देश छोडेर नेपाली भूमिमा संघर्ष गरिरहेका तेक्वान्दो प्रशिक्षक हुन्  मास्टर सिन छवाहो हान । कोरियाली नागरिक हुन् ।

३ बर्षदेखी नेपालमै बसेर तेक्वान्दो खेल विकासका लागी आफ्नो समय खर्च गरिरहेका छन्  हान। उनि ललितपुरका विभिन्न स्कुल, कलेज र क्लबहरुमा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत समेत छन् ।

गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय (1st T.I.A INTERNATIONAL TAEKWONDO CHAMPIONSHIP) प्रतियोगितामा नेपालले सहभागिता जनाएको नेपाली तेक्वान्दो टाेलीकाे नेतृत्व पनि उनैले गरेका थिए।

नेपालका तर्फबाट (न्यु जेन ताल्छीखेल डोजाङ्गको टोली) सहभागी १४ मध्य ११ जना खेलाडीले पदक प्राप्त गरेका थिए । नेपालमा नै अत्याधुनिक प्राविधियुक्त र सुबिधासम्पन्न हलमा प्रशिक्षण दिएर खेलाडीलाई सो प्रतियोगितामा सहभागि गराइएको थियाे ।

अाजै उनै तेक्वान्दो प्रशिक्षक हानसगँ इमान्दार मिडियाका लागि प्रताप शर्माले गर्नुभएकाे कुराकानी (भिडियाेसिहत) प्रस्तुत गरेका छाैं ।

हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...