चितवनको सौराहामा भीषण आगलागी, आगो नियन्त्रण बाहिर
- इमान्दार मिडिया संवाददाता
- चितवन, १८ माघ ।
आगलागीपछी सौराहा चोकमा कोलाहल मच्चिएको छ भने आगलागी के कारणले भयो र कति क्षति भयो भन्ने जानकारी भने प्रहरीले दिइसकेको छैन । यद्यपी विद्युत सर्ट भएकाले घटना घटेको बुझिएको छ ।
९ बजेदेखि आगो लागेको थियो भने दमकल एउटा मात्र आएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख नारायण रंजितकार अझै पनि घटनास्थल आइपुगेका छैनन् । २ पसलहरु पूर्ण रुपमा क्षति भएको छ । 'आगो निभाउन गाह्रो छ ।
पसल र प्रशासनले खासै सहयोग गरेको छैन । स्थानीय आफैं आगो निभाउन लागि परेका छन् । हावा हुरी लागेको छ ।' स्थानीयले भने । अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । यद्यपी आगो निकै ठुलो भएकोले जुनसुकै खालको क्षति हुन सक्ने स्थानीय बताउछन् ।
यता उक्त घटनाबारे खबर संकलन गर्न गएका पत्रकारमाथि पनि दुर्व्यवहार गरिएको छ । 'तैंले काम पाइनस् ? फोटो खिच्न के यहाँ मेला लाग्या छ ?' भन्दै एक प्रहरी हवल्दारले अर्थसरोकार कर्मीलाइ थर्काएका थिए ।
यसबारे इलाका प्रहरी कार्यालय प्रमुख नारायण रंजितकारलाइ जानकारी गराउँदा उनले त्यस्तो नहुनुपर्ने र भएको भएपनि गलत भएको र आफु बुझ्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...