डोलेश्वरको आठौ वार्षिक साधारणसभा सम्पन्न

  • भक्तपुर, १५ माघ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समितिको शनिबार मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै प्रजिअ पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान दिदै आएकोमा खुसी ब्यक्त गरे ।

उनले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरको विकासमा टेवा पुग्नु भएको बताउँदै यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मन्दिरको गुरुयोजनालाई अगाडि बढाउन आग्रह गर्दै मन्दिरको लागि पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा मन्दिरका संरक्षक भरत जंगमले मन्दिरलाई यो अवस्थासम्म ल्याइपु¥याउन आफूले कानुनी लडाई धेरै लगेर सघर्ष गरेको स्मरण गर्दै स्थानीयबासीको सहयोगमा आज केदारनाथको शिर डोलेश्वरमा हुनु भक्तपुरमात्र नभई नेपालीकै लागि गर्वको विषय भएको बताए ।


कार्यक्रममा आठौ साधारणसभाको तर्फबाट संस्थाका अध्यक्ष विदुरमान बस्नेत, संस्थाका वरिष्ठ उपाध्यक्ष किरण थापा महासचिव मोहन गिरी,कोषाध्यक्ष विश्वराम थापाले आआफनो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष अमर भुजुलगायतले आफ्नो धारणा राखेका थिए सो अवसरमा संस्थालाई आर्थिक तथा भौतीक सहयोग प्रदान गर्ने मसबैलाई सम्मानसमेत गरिएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...