डा. केसीले फेरी दिए सरकारलाई अल्टिमेटम

  • काठमाडौं, २३ पुस ।

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूसँग भएृको सहमति कार्यान्वयन गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।

त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरित विद्यार्थी भर्ना र शुल्कसम्वन्धी अधिकार आईओएम फ्याकल्टी बोर्डबाट खोसेकोमा उनले आपत्ति समेत जनाएका छन् ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै सिनेटको निर्णय उल्टाउने त्रिवि पदाधिकारीलाई कारबाही गर्न र मंसिर १९ मा भएको सम्झौताम कार्यान्वयन गर्न माग गरेका छन् ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन समेत माथेमा आयोगको प्रतिवेदनको मर्म अनुकुल पारित गर्न स्मरण गराउँदै डा. केसीले भनेका छन्,तीन हप्तामा ती कामहरु भएनन् भने राजनीतिक नेतृत्वको बेइमानी, गैर–जिम्मेवारीपन, संवेदनविहीनता र आपराधिक मानसिकता विरुद्ध सत्याग्रहसहित विरोधका कार्यक्रमहरु घोषणा गर्न हामी बाध्य हुनेछौं ।’

साथै काडमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजुलाई नल्याउन र वरिष्ठता, कार्यक्षमता र स्वच्छताका आधारमा पदाधिकारी चयन गर्न पनि भनेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...