परराष्ट्रमन्त्री डा महत कतार जाँदै
- काठमाडौं, २५ पुस ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत कतारका मङ्गलबार कतार जाँदैछन् । विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान बिन जसिम अल-थानीको निमन्त्रणामा तीनदिने भ्रमणका जान लागेका हुन् ।
उनले आफ्ना समकक्षी अल-थानीसँग बुधबार दोहामा द्विपक्षीय भेट गर्नेछन् ।
पराष्ट्रमन्त्री डा महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रमम छ । मन्त्री डा महतले दोहामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्रीका साथ सचिव शङ्करदास वैरागी, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अन्य अधिकारी रहनेछन् ।
मन्त्री डा महत त्यहाँबाट गैरआवासीय सङ्घ अमेरिकाको पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रुपमा भाग लिन बिहीबार अमेरिका जाने छन् । र, आगामी माघ ३ गते स्वदेश फर्कने छन् ।
प्रतिकृया दिनुहोस्
Loading...