Exclusive: चुहावट भयो स्ववियु निर्वाचन तालिका, 'विद्यार्थीमाथि वेइमानी पुर्ण षड्यन्त्र भयो' - क्रान्तिकारी
इमान्दार मिडिया संवाददाता ।
देशभर स्ववियु निर्बाचनको सरगर्मी बढिरहेको बेला स्ववियु निर्वाचन तालिका बाहिरिएको छ । सबै राजनीतिक दल निकट बिद्यार्थी संगठनहरु निर्वाचनमा तयारीका लागी आ-आफ्नो ठाउँमा कस्सिएर लागिरहेको बेला उक्त तालिका संबन्धित निकायबाट आधिकारिक रुपमा जानकारी नगराइदै बाहिरिएको हो ।
इमान्दार मिडियालाई प्राप्त तालिकामा गोप्य भनेर लेखिएको छ । श्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयले माघ १५ गते पत्रकार सम्मेलन गरेर तालिकाबारे जानकारी गराउने तयारी गरिरहेको थियो तर उक्त सूचना १४ गते नै आउट भयो ।
पत्रकार सम्मेलन गरेर जानकारी गरानु पूर्व नै किन र कसरी तालिका चुहावट गरियो ? यो भने खोजीको बिषय हुन् सक्छ । यस प्रकारको समवेदनशिल सूचना चुहावट हुनुले त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरूकाे गाेपनियतामाथी संका उत्पन्न हुने स्थिति देखिएकाे छ ।
के-के छ त तालिकामा ?
तालिका अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन ३ गते १ बजेसम्म मतदाता सूचीउपर दावी विरोध गर्ने, फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने, फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने, फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने, फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने समय तोकिएको छ ।
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने, फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय, फागुन ८ गते ४ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान गर्ने मिति पनि तय गरिएको छ ।
यसरी अग्रिम चुहावट भएको तालिकामाथी नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले भने त्रिभुवन विश्वविद्यालय पदाधिकारीले बेइमानी गरेको आरोप लगाएको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै अखिल (क्रान्तिकारी) का उपत्यका संयोजक लोकेश विश्वकर्माले १४ गते आन्तरिकरुपमा सर्कुलर जारी गरेर १५ गते भर्ना बन्द गरिएको भन्दै कडा आपत्ति प्रकट गरे । १५ गते शनिबार परेको हुनाले यो कुनैपनि हालतमा जायज हुन् नसक्ने विश्वकर्माको तर्क छ ।
'बिद्यार्थी माथिको वेइमानी पुर्ण षड्यन्त्र'
'जाडो विदाको समयमा बन्द भएका क्याम्पसहरु नखुल्दै बिद्यार्थी भर्ना खोल्ने र रोक्ने कुरा स्वतन्त्र एवं नेताको पहुँचमा नहुने बिद्यार्थी माथिको वेइमानी पुर्ण षड्यन्त्र हो ।' विश्वकर्माले भने।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आफ्नो नजिकका विद्यार्थी संगठनलाइ अग्रीम सुचना चुहाउनुलाई अखिल (क्रान्तिकारी) ले वदमासीपूर्ण हर्कत भनेको छ। टियुको यसप्रकारको गैरजिम्मेवारिपूर्ण हर्कत कुनै पनि हालतमा विद्यार्थीको हुन् नसक्ने क्रान्तिकारीको ठहर छ ।
२०७३ माघ १५ गते बिहान १ बजे प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...