३३ किलो सुन प्रकरण : छानविन समिति गठन, २९ जना कर्मचारी जिम्मेवार बिहिन



  • काठमाडौं,२२ पुस ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ३३ किलो सुन बाहिरिएको बारेमा छानविन गर्न पाँच सदस्य छानविन समिति गठन गरिएको छ ।

विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरिएको हो ।

समितिमा दाहालसहित कुलराज ज्ञवाली, टंक पाण्डे, कानुन मन्त्रालयका एक जना प्रतिनिधि र भन्सार अधिकृत पुन्यविक्रम खड्का छन् । समितिले विमानस्थलमा खटिएका भन्सार विभागका २९ जना कर्मचारीलाई जिम्मेवार बिहिन बनाएर अनुसन्धान सुरु गरेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले जानकारी दिए।

समितिले १० दिन छानविन गरेर प्रतिवेद बुझाउनु पर्नेछ । दुबईबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन हिजो विमानस्थलको भन्सारबाट तस्करले छुटाएर बाहिर निकालेका थिए । तर विमानस्थलबाट निकालिएको त्यो सुन प्रहरीले गौशालामा समातेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने छानविनलाई पनि सहयोग गर्ने र आन्तरिक छानविन पनि सँगै अघि बढाउने उनले बताए । उनकाअनुसार कर्मचारीले सुन तस्करसँग सेटिङ गरेको पाइए विभागीय कारवाही गरिनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...