विद्या भण्डारीलाई भेटपछि ज्ञानेन्द्रले सम्झीए पूर्वरानी कोमल
- काठमाडौं, ३ माघ ।
शीतल निवास त्यही ठाउँ हो, जहाँबाट उनले कोमललाई बिहे गरेर पत्नी बनाएका थिए । आइतबार पूर्वराजा ज्ञानेन्द्रले शीतलनिवास प्रवेश गरेपछि ५० वर्ष पहिलेको आफ्नै विवाहको सम्झना आएको बताए ।
नव दुलाहा-दुलहीलाई शुभकामना दिएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समसेर जवरा, कमल थापा, गणेश थापा लगायतका नेताहरुसँग चिया पिउने क्रममा पूर्वराजाले आफ्नो विवाहको सम्झना सुनाएका हुन् ।
ज्ञानेन्द्रका अनुसार आजभन्दा ५० वर्ष पहिले शीतल निवासभित्रै उनी र कोमलवीच विवाह सम्पन्न भएको थियो । आज आफूलाई त्यो दिनको सम्झना आएको पूर्वराजाले कमल थापा लगायतका नेताहरुलाई सुनाए ।
त्यसो त ज्ञानेन्द्र र कोमल मात्रै होइन, शीतलनिवासबाट तत्कालीन राजा त्रिभुवनका तीनवटी छोरीहरु अर्थात ज्ञानेन्द्रका फूपूहरुलाई समेत अन्माइएको इतिहास छ ।
शीतलनिवास चन्द्रसमशेरका छोरा कृष्णसमशेर जबराको घर हो, जुन उनले स्वेच्छाले नेपाल सरकारलाई दिएका थिए । त्यसपछि यो ठाउँलाई केही समय परराष्ट्र मन्त्रालय अन्तरगत विदेशीहरुको पाहुना घरका रुपमा पनि प्रयोग गरिएको थियो विगतमा ।
यो भवनमा केही समय भारतीय दूतावाससमेत बसेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...