प्रेममा तगारो बनेपछि सकुन्तलाले गरिन श्रीमानको हत्या
- रौतहट, २७ पुस ।
रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ । र, प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ ।
कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा घाँटी रेटेर हत्या भएको थियो । अनुसन्धानका क्रममा सकुन्तलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
अभिनन्दन विदेशमा रहेका बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमन प्रेममा परिसकेका थिए । उनीहरुबीच दुई वर्षअघि मोबाइल फोनमार्फत सम्वन्ध गाँसिएको थियो ।
अभिनन्दन घर फर्किएपछि खटपट सुरु भयो । र, सकुन्तला र मनिषको प्रेममा अवरोध भयो । अभिनन्दनले श्रीमतीमाथि शंका गर्दै मोबाइल खोसे ।
प्रेमिकासँगको योजना अनुसार २१ गते गाउँकै कामदेही खोला नजिकको सिसौको घारीमा लगेर मनिषले अभिनन्दनको हत्या गरेका छन् । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेर पछाडिबाट रडले टाउकोमा प्रहार गरे र बेहोस भएपछि घाँटी रेटेर हत्या गरे ।
प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्
Loading...