यमनमा अमेरिकाको हवाई आक्रमण, ५७ को मृत्यु
- काठमाडौं, १७ माघ ।
यमनमा अमेरिकाले गरेको हवाई आक्रमणमा परि ५७ जनाको मृत्यु भएको छ । मारिएका ४१ जनालाई अमेरिकाले संदिग्ध आतंककारीको विल्ला भिराएपनि १६ जना भने सर्वसाधारण नागरिक रहेका छन् ।
ट्रम्पले कार्यकाभार सम्हालेको १० दिन भित्रै यमनमाथि आक्रमण गरि नरसंहारको सुरुवात गरिसकेका छन् । बायदा प्रान्तको याकला जिल्लामा भएको उक्त हवाइ आक्रमणमा ८ जना निर्दोष महिला र ८ अवोध वालवालिका रहेको वताइएको छ ।
मुस्लिम समुदायप्रति अनुदार डोनाल्ट ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए लगत्तै उनले ७ ओटा मुस्लीम मुलुकलाई अमेरिका जान प्रतिवन्ध सरहको व्यवहार गर्न थालेका छन् । आक्रमण तीन जना अलकायदा संवद्ध व्यक्तिको घरमा भएको दावी गरिएको छ ।
अपाचे हेलिकोप्टरद्धारा एउटा मदरासा, मस्जिद र अस्पतालमा आक्रमण गरिएको हो । अलकायदासंग सम्वन्धमा रहेको भनिएका तीनजना अव्दुलर उफ, सुल्तान अल जहाब र सैफ अलवई अल जावी रहेका छन् । उनीहरु तीनै जना दाजुभाई हुन् र उनीहरुका दुई भाई पहिले नै मारिएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...