लोकप्रिय बन्दैछ अनौठो कुकुर बसयात्रा (भिडियो सहित)


दुनियाँमा केवल मानिसलाई मात्र बोक्ने सार्वजनिक सवारी साधन छैनन् ।

यस्ता बसहरु पनि छन् जसले मानिस होइन कुकुरलाई बोकेर सहर डुलाउँछन् । हो, बेलायतको लण्डनमा गत जनवरी १७ देखि कुकुरका लागि विशेष बसयात्रा सुरु गरिएको छ ।

मेल अनलाइनको खबरअनुसार उक्त कुकुर बसयात्राको नाम के नाइन हो । यो बस यात्राको माध्यमबाट कुकुर मालिकले आफ्नो कुकुरसँग समय बिताउने नयाँ अनुभव हासिल गर्न सक्नेछन् । अझ रोचक कुरा त के भने यो बसयात्रा पूर्णरुपमा निशुल्क छ ।

यो बसयात्राका दौरान यस्ता ९ वटा ठाउँमा लगिन्छ जो खास रुपमा कुकुरकै लागि लक्षित छन् । बाटोभर कुकुरका लागि लाइभ कमेन्ट्री गरिन्छ ।

कुकुर मालिकहरुलाई आफ्नो कुकुरसँग रमाइलो गरी समय बिताउनका लागि यात्राको बेला एक नक्सा पनि उपलब्ध गराइन्छ जसमा कुकुरमैत्री पव, बार तथा रेष्टुरेन्ट भएका इलाकाहरुको बारेमा जानकारी समेत हुन्छ ।

बसमा कुकुर बस्नका लागि आरामदायक सिट हुन्छन् । सोमबारदेखि बिहीबारसम्म यो बसयात्रा हुन्छ र दिनमा यसले तीन चक्कर लगाउँछ । बिहान १० बजे, मध्यान्ह १२ बजे र अपरान्ह २ बजे गरी ३ पटक यो यात्रा हुन्छ ।

मिलबैंकबाट सुरु भएकेा कुकुर यात्रा विभिन्न ९ ठाउँमा पुगेर सोही स्थानमा फर्किइ सकिन्छ । यो कुकुर बसयात्रा निकै लोकपि्रय बनिरहेको छ ।

हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...