ट्रम्पले प्रस्ताव गरेका विदेश मन्त्री टिलर्सनद्वारा ह्याकिङमा पुटिनको संलग्नता स्वीकार

  • एजेन्सी, २८ पुस । 

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विदेश मन्त्रीका लागि प्रस्तावित गरेका रेक्स टिलर्सनले अमेरिकी राष्ट्रपतीय चुनावमा भएको ह्याकिङमा रुसी राष्ट्रपतिको संलग्नता रहेको भन्नु निष्पक्ष धारणा रहेको बताएका छन्। 

सिनेटले गरेको सुनुवाईको क्रममा राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने उद्देश्यले रुसले ह्याकिङ गरेको भन्ने गुप्तचर विभागको प्रतिवेदन निकै गम्भीर रहेको उनले बताए । यो विषय स्पष्ट रुपमा चिन्तित गराउने खालको रहेको टिलर्सनको भनाई छ ।

सुनुवाईको क्रममा सिनेटर मार्को रुवियोले ह्याकिङमा रुसी राष्ट्रपति पुटिनको संलग्नता रहेको कुराका बारेमा आफ्नो धारणा स्पष्ट पार्न दबाब दिएपछि टिलर्सनले यस्तो बताए । सुनुवाईको क्रममा टिलर्सनले सिनेटरबाट निकै कडा र गम्भीर प्रश्नको सामना गर्नु परेको सिएनएनले जनाएको छ ।

एक्सन मोबिलका पूर्व सिइओ टिलर्सनले पुटिनसँगको सम्बन्धले अमेरिकालाई नोक्सानी गर्न सक्ने बताएको खबरमा उल्लेख छ । टिलर्सनको रुसी राष्ट्रपति पुटिनसँग राम्रो सम्बन्ध रहेको अनुमान गरिन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...