भारत उत्तर प्रदेश - सत्तारुढ पार्टी भित्रको विवाद उत्कर्षमा

  • काठमाडौं, ४ माघ ।

भारत उत्तर प्रदेशको सत्तारुढ पार्टीको आन्तरिक विवादमा अखिलेश यादव खेमाले औपचारिक मान्यता पाएको छ । विधानसभा चुनाव नजिकिँदै जाँदा सत्तारुढ समाजवादी पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

समाजवादी पार्टीका दुई नेता मुलायम सिंह यादव र उहाँका छोरा तथा मुख्य मन्त्री अखिलेश यादवले दुई खेमाको नेतृत्व गरेका छन् । पार्टी भित्रको विवाद चुनाव चिन्हसम्म पुगेको थियो ।

मुलायम सिंह र अखिलेश दुवै खेमाले चुनाव चिन्ह ‘साइकल’ आफ्नो पक्षले पाउनु पर्ने दाबी गर्दै आएकोमा चुनावमा आयोगले अखिलेश नेतृत्वको खेमालाई औपचारिक मान्दै उसैलाई साइकल चुनाव चिन्ह दिएको छ । सोमाबार अबेर चुनाव आयोगले अखिलेश खेमालाई साइकल चुनाव चिन्ह दिने निर्णय गरेको हो ।

मंगलबारदेखि चुनावी प्रक्रिया सुरु हुँदैछ । अखिलेश खेमा साइकल चुनाव चिन्ह पाएसँगै उत्साहका साथ चुनावी प्रक्रियामा सहभागी हुने तयारीमा छ । तर मुलायम सिंह खेमाले अखिलेश खेमालाई कस्तो अप्ठ्यारो पार्ने छ भन्ने चाहीँ हेर्न बाँकी नै छ ।

अखिलेश खेमाले साइकल चुनाव चिन्ह पाउनुलाई जित जस्तै गरी मनाएको छ । चुनाव चिन्ह साइकल पाएसँगै अखिलेश समूह अन्य दलसँग गठबन्ध बनाउने विषयमा पनि अन्तिम छलफलमा जुटेको छ । अखिलेश समूह कांगे्रस तथा राष्ट्रिय लोकदलसँग मिलेर चुनाव लड्ने तयारीमा छ । आउँदो फेब्रुअरी ११ देखि मार्च ८ सम्म सात चरणमा गरेर उत्तर प्रदेशमा विधानसभा चुनाव हुँदैछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...