नाइजेरियाली वायु सेनाको गल्तिले लियो १०० जना विस्थापितको ज्यान

  • एजेन्सी, ५ माघ ।

नाइजेरियाको वायु सेनाको गल्तिका कारण एक सय जना भन्दा धेरै विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो ।

बिद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तिबस सर्वसाधारण नागरिकमाथि आक्रमण भएको नाइजेरियाली सेनाले दाबी गरेको छ । घटनामा एक सय २० जना घाइते भएका छन् ।

नाइजेरिया तथा क्यामरुनको पूर्वोत्तर सीमा नजिक घटना भएको हो । नाइजेरियाली सेनाले बिद्रोही संगठन बोको हराम विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।

बोको हरामका लडाकु सम्झेर आम नागरिकको शिविरमा आक्रमण भएको सेनाका प्रवक्ता मेजर जनलर लकी इराबोरले बताए । लडाकु विमानका बिद्रोहीलाई निशाना बनाएको सम्झेको तर गल्तिबस विस्थापित मानिस बसेको शिविरमा आक्रमण भएको इराबोरले बताए।

राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्त रहन आग्रह गर्नु भएको छ । नाइजेरियाले सेनाले यस्तो गल्ति गरेको यो पहिलो पटक हो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...