सुख्खा क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम

  • काठमाडौँ २ माघ ।

जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ । 

विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो ।

विभागका उपसचिव अरुणकुमार सिंखडाले सुख्खा क्षेत्रका बासिन्दालाई नदीको पानी मोटरबाट पानी तानेर प्रशोधन गरी खुवाउन सो कार्यक्रम सञ्चालन गरिएको बताए । 

उनले भने, “सबै नेपालीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यअनुसार यो कार्यक्रम ल्याएका हौँ ।” विभागले पाँचथरको यासोक र आङ्मामौवा, खोटाङको हलेसी, रामेछापको पकरबास र रामेछाप सुख्खा आयोजना, काभ्रेको तिमाल खानेपानी आयोजना, पाल्पाको कालीगण्डकी लिफ्ट खानेपानी आयोजना, गोरखाको दरौँदी लिफ्ट खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको हो । 

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घर घरमा शुद्ध खानेपानी पु¥याउने योजनानुसार मन्त्रालयले काम गरिरहेको बताए ।

उनले भने, “काठमाडौँ उपत्यकामा पनि मेलम्चीको काम द्रुतगतिमा अगाडि बढेको छ, अरु जिल्लामा पनि चाँडै खानेपानी पु¥याउने योजनाका साथ यस्ता कार्यक्रम ल्याएका हौँ । 

विभागले सुख्खा क्षेत्र खानेपानी आयोजना कार्यक्रमका लागि रु ६० करोड ९८ लाख विनियोजन गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...