सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल - अध्यक्षमा खतिवडा र महासचिवमा देवकोटा निर्वाचित
- काठमाडाैं, २३ पुस ।
सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् ।
काठमाडाैंमा सम्पन्न संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनले एक सय ४२ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए। उनका प्रतिद्वन्द्वी किशोरजंग थापाले एक सय ३२ मत ल्याए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला)मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस)मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई विजय भएका छन् । संघका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक छन् ।
त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।
प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । ।अधिवेशनको शुक्रबार सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका थिए।
सामुदायिक रेडियोमा एमालेविरोधी गठबन्धनभित्र अन्तरघात !
यसैबीच निर्वाचनलाई पार्टीगत प्रतिष्ठासँग जोडेर एमाले र गैरएमाले गठबन्धन बनाए पनि निर्वाचन परिणाम उल्टो आएपछि सत्तारुढ गठबन्धनमा निराशा छाएको छ ।
गृहमन्त्री बिमलेन्द्र निधीले एमालेमुक्त नेपाल निर्माण गर्ने सन्दर्भमा १० वर्षसम्म कांग्रेस, माओवादी र मधेशी मोर्चा मिलेर हरेक चुनावमा एमालेलाई परास्त गर्नुपर्ने निर्देशन दिएका थिए ।
सोहीअनुरुप भएको सत्तारुढ गठबन्धनका अध्यक्ष किशोरजंग थापा एमाले निकट सुवास खतिवडासँग १० मतले पराजित भएपछि अन्तर्घातको आशंका भएको छ । कांग्रेस, माओवादी, मोर्चा र राप्रपाबीच गठबन्धन भएको थियो ।
कांग्रेस सम्वद्ध प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले गठबन्धनको हार अस्वाभाविक भन्दै यसको समीक्षा हुने बताए । उनले एमालेले पार्टीगत प्रतिष्ठाका रुपमा चुनावलाई लिएको गुनासो गरे ।
एमाले प्रचार विभाग सचिव विष्णु रिजालले भने मिलेर जाउँ भन्दा सत्तापक्षले दाउपेच गरेकाले यसलाई प्रतिष्ठाको विषय बनाउनुपरेको बताए । उनले भने-यो विमलेन्द्र निधी प्रवृत्तिको पराजय हो ।
प्रतिकृया दिनुहोस्
Loading...