हार्ने डरले सत्तारुढ दलकास‌ंगठन स्ववियू चुनावबाट भाग्दैछन् : भण्डारी

  • काठमाडौँ, ४ माघ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका संयाेजक सेवन्त राज भण्डारीले हार्ने डरले सत्तामा रहेका पार्टी निकट विद्यार्थी संगठन स्ववियु चुनावबाट भाग्न लागेकाे बताएका छन् ।

काठमाडौँको संवाद डबलीमा मंगलबार अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता कार्यक्रममा बाेल्दै भण्डारीले अाफ्नाे संगठनले स्ववियु चुनावमा अप्रत्यशीत नतिजा निकाल्ने दाबी समेत बताए ।

घोषणा कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका संयोजक सेवन्त राज भण्डारीले दुई संगठनको एकताले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई थप ऊर्जा मिलेको बताए । उनले आगामी निर्वाचनमा आफ्नो संगठनले अप्रत्यशित नतिजा निकाल्दै धेरै क्याम्पसमा जित्ने दाबी समेत गरे ।

‘यो एकताले अवसरवादी झापड हुनेछ र क्रान्तिकारीहरु एक हुँदैछन् भन्ने सन्देश दिएको छ’ पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले भने । उनले आफ्नो संगठनले राष्ट्रियताको लागि लिपुलेकमा झण्डा गरेको बताउँदै राष्ट्रियता रक्षाको लागि संघर्षका कार्यक्रमका साथ स्ववियू चुनावमा सहभागी हुने बताए ।

त्यसैगरी विद्यार्थी न्यूक्लियसका पूर्व संयोजक सुनित बुढाथोकीले विद्यार्थी आन्दोलनलको जामलाई खोल्ने बताइन् । उनले दुई संगठनको एकताले स्ववियु चनावमा क्रान्तिकारीको जितलाई सुनिश्चित गरेको बताउँदै आफूहरुले धेरै क्याम्पसमा जित्ने दाबी गरिन् । उनले चुनावी प्रक्रियामा असहमति हुँदाहुँदै पनि स्वविय चुनावमा गएको बताउँदै हार्ने डरले केही संगठन चुनाव भाड्न लागेको दाबी समेत गरे ।


यही माघ २४ र २५ गते अखिल क्रान्तिकारीको राष्ट्रिय भेला आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कार्यक्रममा पार्टीका कार्यालय सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट शुभकामना दिँदै आगामी स्ववियु चुनाव जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...