चार महिनामामै देशभर लाेडसेडिङकाे अन्त्य हुन्छ : कुलमान घिसिङ



  • काठमाडाैँ, २५ पुस ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबकाे चार महिनामामा देशभर लाेडसेडिङकाे अन्त्य हुने बताएका छन् ।

साेमबार ऊर्जा मन्त्रालयले अहिलेसम्मका कामबारे जानकारी र अागामी याेजना सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मलेनमा बाेल्दै घिसिङले काठमाडाैँ र पाेखरामा लाेडसेडिङ अन्त्य भइसकेकाे र केही दिनमा महेन्द्रनगर र धनगढीका भू-भागमा लाेडसेडिङ हटाउने जानकारी दिए ।

देशको पश्चिमी भागमा लोकल समस्याका कारण दिनमा तीन घण्टासम्म लोडसेडीङ हुने गरेको जानकारी दिँदै घिसिङले भने, ‘अबको दुई चार दिनमा महेन्द्रनगरदेखि धनगढी सम्मको भु-भागमा लोडसेडिङ हटाउनेतिर लागिरहेका छौं ।’

अगामी जेठमा ९०० मेगावाट उत्पादन हुने जानकारी दिँदै देशभरबाट लाेडसेडिङकाे अन्त्य हुने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...