यस्तो देखियो काठमाडौँमा थारु र मगरको माघी (भिडियोसहित)

  • काठमाडौँ १ माघ ।
शनिबार राजधानीमा बस्दै आएका थारु र मगर समुदायले हर्षोल्लासपूर्वक माघी पर्व मनाएका छन् । विभिन्न थारु संस्थाहरुले संयुक्त रुपमा टुँडिखेलमा माघी महोत्सव गरेका छन् ।

माघी थारूहरूको सबैभन्दा ठूलो पर्व हो। थारूहरू माघीमा ढिक्री, बगीया, मुरही (भुजा)को लड्डु, खिचडी, तिलको लड्डु, तरूल, माछा, घोंघी, परेवाको मासुलगायतका परिकार खाने गर्छन्। 

सामाजिक सद्भाव कायम गर्नु माघीको अर्को सकारात्मक पक्ष हो। थारु समुदायले वर्षभरमा भएका झै–झगडा र रिसलाई बिर्सेर एक अर्काको घरमा गएर नाचगान गरी माघी मनाउने चलन छ। 

सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्व घोषणा गरेपछि यो पर्वको महत्व झनै बढेको छ। महोत्सवमा थारु समुदायका युवायुवती आफ्नो जातीय भेषभुषामा सजिएर सहभागी भएका थिए।

त्यस्तै मगर समुदायहरुले खुल्ला मन्चमा कार्यक्रम गरी माघी पर्व मनाएका छन् । थारू समुदायले माघी महोत्सव मनाइरहँदा मगर समुदायले भने माघे संक्रान्ति मनाएको छ। आफ्नो जातीय भेषभुषामा सजिएका मगर समुदायका युवायुवतीले पर्वको उल्लासमा नाचगान गरेका छन्।

  • मगर समुदायको माघे सकराती  पर्वका  भिडियो र तस्बिरहरु









  • हेरौ थारु राष्ट्रिय माघी महोत्सवका भिडियो र तस्बिरहरु













, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...