मृतक चारैजनाको सामूहिक दाहसंस्कार
- भीमदत्तनगर २४ पुस ।
भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपाली मजदुरको शनिबार सामूहिक दाहसंस्कार गरिएको छ ।
हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्यु भएको थियो ।
घटनास्थलबाट कञ्चनपुरको झलारीका स्थानीय नरेन्द्र विष्टले मृतक चारैजनाको शनिबार भारतको धार्मिकस्थल हरिद्वारमा दाहसंस्कार भएको जानकारी दिए ।
मृतक चारैजनाका आफन्त घटनास्थल पुगेर शुक्रबार शव बुझेपछि शनिबार दाहसंस्कार गरिएको विष्टले जानकारी दिए ।
‘हामी दाहसंस्कार गरेर नेपाल फर्किंदैछौँ ।” उनले भने –“मृतकका आफन्तलाई निर्माण कम्पनी र भारत सरकारबाट आर्थिक सहयोगको आश्वासन मिलेको छ ।”
प्रतिकृया दिनुहोस्
Loading...