अज्ञात समुहद्वारा श्रीमतीकै अगाडी श्रीमानको हत्या

  • महोत्तरी २ माघ ।

महोत्तरीको हत्तिसर्वा-७ संग्रामपुरमा अज्ञात समुहले धारिलो हतियार प्रयोग गरेर श्रीमतीकै अगाडि श्रीमानको हत्या गरेका छन् ।

शुक्रबार साँझ साँढे ८ बजेको समयमा संग्रामपुरका २८ वर्षका अञ्जनी मिश्रको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले बताए।

दुईरतीन जानको समूहमा आएका उनीहरुले मिश्रको घरमै हत्या गरेको प्रहरीले जनाएको छ। मिश्रलाई धारिलो हतियारले शरीरका विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको छ। मिश्र केही समयअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए।

मिश्रकी श्रीमतीले घटनाबारे केही बताउन सकेकी छैनन्। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...