महागढीमाई मन्दिर आसपासका अव्यवस्थित पसल हटाइए

  • श्रीकान्ता गुप्ता
बारा, ५ माघ । 

बारा जिल्लामा रहेको प्रसिद्ध गढीमाई मन्दिरको वरपर रहेका अव्यवस्थित टहरा र घरलाई हटाइएको छ ।महागढीमाई नगरपालिका बरियारपुरस्थित मन्दिर वरपर बनाइएका ८० मध्ये ६० वटा अव्यवस्थित पसलहरूलाई मन्दिर ब्यवस्थापन समितिले ब्यवस्थित गरिएको हो ।

२३ वटा मिठाई, पानीट्यानकी नजिकका २० वटा पार्चुन पसल, मन्दिर दक्षिण पुरानो धर्मशाला नजिकका ४ वटा किराणा पसल, ३ वटा नास्ता पसल र १ वटा रेडिमेट पसल नयाँ धर्मशलाको कोठामा सारिएको छ ।

५ वटा फोटो पसल, २ वटा पान पसल १ वटा मोटरसाइकल ग्यारेज र १ वटा फोटो स्टुडियो पसललाई पनि ब्यवस्थित गरिएको मन्दिर ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवहाले जानकारी दिए ।

मन्दिरको वरिपरि जथाभावी फोहर फाल्न पनि बन्देज लगाइएको छ । मन्दिरमा बढ्दै गरेको फोहर र कुरुपलाई सुधार गर्ने कुशहवाले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...