पूर्व अर्थ सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

  • काठमाडौँ, ६ माघ ।
पदमा रहेको बेला भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टका सचिव अर्जुन कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ ।

माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कालोमोसो दलेर कारवाही गरेको समाचार प्राप्त भएको छ ।

पदमा रहेको बेला भ्रष्टाचार गरेको भन्दै कार्कीलाई जनकारवाहि गरेको नेकपा (माओवादी)ले जनाएको छ ।

अकुत सम्पत्तिको छानबिन काण्डमा रहेका अर्जुन कार्की पनि लोकमान सिंह निकटका हुन्। भूकम्पपछि राहतका लागि ल्याइएको त्रिपाल काण्डमा उनी मुछिएका थिए।

कार्की भौतिक मन्त्रालयका पूर्व अर्थ सचिव पनि हुन् । भूकम्पका बेला खरिद गरिएको त्रिपालमा भएको अनियमिततामा कार्यालय प्रमुखको रुपमा दोषी देखिएका उनलाई लोकमानसिंह कार्कीले उन्मुक्ति दिएका थिए ।

११ करोड रुपैयाँभन्दा बढीको खरिद प्रक्रियासँग सम्वन्धित यो छानविनमा अख्तियारले कार्कीलाई विभागीय कारवाहीको मात्रै सिफारिश गरेको थियो।

सोहि शीर्षकमा यसअघि प्रकाशित समचारमा पूर्व अर्थ सचिव अर्जुन कार्कीको तस्बिर फरक पर्न गएकोप्रति इमान्दार मिडिया क्षमाप्राथी छ - सम्पादक

,

प्रतिकृया दिनुहोस्

Loading...