भारतीय राजदूत रेकाे कार्यक्रममाथि विप्लव माअाेवादीकाे हस्तक्षेप, क्रान्तिकारीका एक नेता गिरप्तार

  • धनगढी ६ माघ।

नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीले भारतीय राजदूत रञ्जित रे प्रमुख अतिथि रहेकाे कार्यक्रम विथाेलेकाे छ । धनगढीकाे क्याम्पस राेडस्थित हुलाकी राजमार्ग हस्तन्त्रण कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएकाे थियाे ।

नेपाली कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएकाे,पुल बन्न बाँकी, ४० फिटे राेडकाे १० फिट मात्र कालाेपत्र हुँदाहुँदै पनि सडक पूरा भएकाे भन्दै हस्तान्‍त्रण गरिएकाले अाफूहरुले कार्यक्रम विथाेलेकाे अखिल क्रान्तिकारीका कैलाली सचिव बबरजंग सिंहले बताए ।

अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कालाेझण्डासहित कार्यक्रममाथि हस्तक्षेप गरेका थिए । उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेकाे थियाे ।

सडक हस्तन्त्रण कार्यक्रमकाे विशेष अतिथि भाैतिक तथा यातायात मन्त्री रमेश लेखक थिए । सचिव सिंहका अनुसार प्रहरीले अखिल क्रान्तिकारीका जिल्ला नेता अनिल आचार्यलाई गिरफ्तार गरेकाे छ ।

अनलाइन डबलीबाट

,

प्रतिकृया दिनुहोस्

Loading...