मोहन विक्रम सिंह अस्पताल भर्ना, उपचारमा सरकारले सघाउँने
- काठमाडौं, १६ माघ ।
नेकपा मसालका अध्यक्ष मोहन विक्रम सिंह बिरामी भएर अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई आइतबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
८१ वर्षीय सिंह फोक्सोमा पानी जमेको, सुगर लगायतका समस्याबाट पीडित छन् । कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह विगत चार दिनदेखि टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले सिंहलाई भेटेका छन् । प्रचण्डले सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपचारपछि सिंहको स्वास्थ्यमा राम्रो सुधार आएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...