एमालेले प्रचण्ड सरकारलाई दियाे यस्ताे कडा चेतावनी

  • काठमाडौं, २ माघ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न प्रचण्ड सरकारलार्इ चेतावनी दिएकाे छ ।

एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले संविधान संशोधन अघि बढाएर राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई चेतावनी दिएकाे हो ।

यस्तै सरकारले संसदमा पेश गरेको संशोधन असंवैधानिक र राष्ट्रहित विपरित भएको एमालले दोहोर्‍याएको छ ।

निर्वाचनसम्वन्धी कुनै तयारी अघि नबढाएको र चुनावको वातावरण बनाउन सरकारले रत्तिभर ध्यान नपुर्‍याएको एमालेको आरोप छ । उसले चुनावको मिति घोषणा गर्न, निर्वाचनसम्वन्धी विधेयक संसदमा प्रस्तुत गर्न र पेश भइसकेको विधेयक पास गर्ने वातावरण बनाउन र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेको छ ।

एमाले स्थायी कमिठी बैठकले पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई हटाउने सरकारको निर्णय पूर्वाग्रही भएको र यसका पछाडि सरकारको गलत उद्देश्य लुगेको आरोप लगाएको छ ।

यसैबीच एमालेले मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो फागुन २१ गते काँकडभिट्टाबाट सुरु हुनेछ र, तराई मधेसका सबै जिल्लाका मुख्य शहरमा पुग्नेछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...