स्ववियु निर्वाचन दलको जनमत नाप्ने ‘ब्यारोमिटर’–प्रधानमन्त्री

  • काठमाडौं, २८ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचन जनमत नाप्ने ‘ब्यारोमिटर’ हुने बताएका छन्। 

अनेरास्ववियु क्रान्तिकारीको पदाधिकारी बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनपूर्व हुने स्ववियु निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर भएकाले त्यही सोच र जिम्मेवारी बोधसहित निर्वाचनको तयारी गर्न विद्यार्थी नेतालाई आग्रह गरे। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले भने– “स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद बनाउने एजेण्डामा तपाईंहरुले जित्नुभएको छ, अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईंहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।” 

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताउँदै उनले गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता तथा सोचको विकासका लागि पनि स्ववियु निर्वाचन आवश्यक रहेको बताए। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...