निर्वाचनको मिति घोषणा गर्न सरकार गम्भीर छैन - माधव नेपाल

  • भक्तपुर, २ माघ । 

एमालेका नेता माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको बताएका छन । 
आज काठमाडाैंमा अायाेजीत एक कार्यक्रममा बाेल्दै नेता नेपालले सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए। निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्नुपर्नेमा उनकाे जाेड थियाे ।

“प्रदेशको सङ्ख्या तय गरेर निर्वाचन क्षेत्र तयार गर्नेलगायत धेरै काम बाँकी नै छन्, यसमा सरकारको ध्यान जाओस्,” उनले भने। संविधान संशोधनको विषयमा कुरामा सरकार अल्झिएको उनको आरोप थियो ।

संविधान कार्यान्वयनका लागि चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो । भारतमा समेत जातीय कुरा उठाउन नपाउने ऐन बनेको प्रशङ्ग कोट्याउँदै नेता नेपालले जातीय द्वन्द्व सिर्जना गर्ने र देशलाई अलग गर्ने धारणालाई स्विकार गर्ननसकिने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...