मन्त्री कार्कीको निर्णयले माओवादी केन्द्रमा खैलाबैला, सामाजिक सञ्जालमा चर्को बिरोध

  • काठमाडौँ ६ माघ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका सञ्चारमन्त्री  सुरेन्द्र कार्की (रामकार्की)ले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेपछि माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ ।

कार्की यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो । कार्कीको कार्यकाल सकिए लगत्तै कार्यकारी निर्देशकमा अर्को व्यक्ति नियुक्त गरिनु पर्ने थियो । 

निर्देशकमा नियुक्त हुने व्यक्तिको रुपमा माओवादी नेताहरुले पुराना माओवादी पत्रकार दिपेन्द्र रोकायालाई अगाडी सारेका थिए ।

माओवादी भित्र र बाहिर पनि मिजासिला व्यक्ति र सबैसंग सहज व्यहार गर्ने मिलनसार पत्रकारको परिचय बनाएका दिपेन्द्र रोकायाको लगभग पक्कापक्की नै भैसकेको चर्चा चल्ने गरेको थियो ।

ययासैबिच एकाएक बिहिबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेपछि पत्रकार दिपेन्द्र रोकायाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर असन्तुष्टि व्यक्त गरेका छन् ।

पत्रकार रोकायाले फेसबुकमा असन्तुष्टि व्यक्त गरेलगत्तै उनका शुभचिन्तक समर्थकहरुले कमेन्टमा प्रचण्ड सरकारको चर्को बिरोध र रोकायाको पक्षमा आफ्ना विभिन्न खाले धारणा राखेका छन् ।

हेर्नुहोस रोकायाको स्टाटस जस्ताको त्यस्तै 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...