अर्घाखाँचीमा उर्जामन्त्री प्रभाकरमाथि ढुंगामुढा प्रहार, दुई घाइते
- अर्घाखाँची, २८ पुस ।
सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मा प्रभाकरसमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई बल्लतल्ल प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । तर, उदघाटन समारोह भइरहेको माञ्चमै ढुंगा बर्सिएपछि ऊर्जामन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् ।
कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि आक्रोशित स्थानीयबासीले मञ्चमा ढुंगामुढा प्रहार गरेका थिए । नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले ‘देश टुक्रिन भएन, ५ नम्बर प्रदेश टुक्रिँदैमा देश टुक्रिँदैन’ भनेपछि युवाहरुले ढुगांमुढा गरेका हुन् ।
ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।बिहीबारदेखि अर्घाखाँची महोत्सव सुरु गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...