राजधानीमा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस सञ्चालन हुने
- काठमाडौं, २८ पुस ।
सरकारले राजधानीमा लामा र स्तरीय ठूला बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ ।
काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्रीले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मार्फत जनताका नाममा सम्बोधन गर्दै छ महिनाभित्र सय लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौँ, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत सहरमा नगरपालिकामार्फत सञ्चालन गरिने घोषणा गरेका थिए ।
बस सञ्चालनका लागि मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । मन्त्रालयले पुसको दोस्रो साता कामपाका अधिकृत राज्यप्रकाश प्रधानाङ्गसहितको समिति गठन गरेर १५ दिनभित्र कम्पनी दर्ता गर्न निर्देशन दिएको थियो ।
यो कमिटीलाई कम्पनीको कार्यालय सञ्चालन र जनशक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको छ ।
सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा उपलब्ध गराइने, विमानस्थलमा सार्वजनिक यातायातको सुलभ पहुँच पुर्याइने र विभिन्न पर्यटकीय गन्तव्यमा सेवा पु¥याई पर्यटन प्रवद्र्धनमा सहयोग गरिने कम्पनीको उद्देश्य रहेको मन्त्रालयको पूर्वाधार विकास महाशाखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
बस सञ्चालनका लागि नेपाल सरकारबाट प्राप्त अनुदान २५ करोड र चालु पुँजी २० प्रतिशत तथा नगरपालिकाले आआफ्नो सेयरबापत जम्मा गरेको १० करोडबाट कोष बनाइनेछ । मन्त्रालयले कामपालाई रु दुई करोड सञ्चालन खर्च व्यहोर्न प्रस्ताव गरे पनि महानगरपालिकाले कम्पनीको बहुमत हिस्सा लिने इच्छा व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...