माघे संक्रान्तिमा यसकारण जुधाइन्छन् दर्जनौं हल गोरु

  • रसुवा, १ माघ।

माघे संक्रान्तिको अवसर पारेर रसुवाको वेत्रावतीमा शनिबार १० हल गोरु जुधाइने भएको छ ।

हरेक वर्ष माघ १ गते सञ्चालन हुँदै आएको गोरु जुधाई मेलामा यो वर्ष पनि रसुवाको वेत्रावतीमा १० हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाउन लागिएको हो ।

नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते वेत्रावती सन्धी भएको खुशीयालीमा गोरु जुधाउने मेला सुरु भएको हो । गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटका अनुसार गोरु जुध्ने क्रममा गोरु मरेमा वा खुट्टा भाच्चिएमा गोरुको उचित मुल्याङकन गरी ३० हजार भन्दा बढी क्षतिपूर्ति दिइनेछ ।

१८४९ सालदेखि रसुवाको वेत्रावतीमा गोरु जुधाई मेला हुँदै आएको भएपनि गोसाइकुण्ड युवा क्लबले २०५३ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...