एनसेलको कर असुलीको विषय तीन महिनाभित्र टुङ्गो लगाउ : लेखा समिति

  • काठमाडौँ २ माघ ।

संसदको सार्वजनिक लेखा समितिले दुरसंचार प्रदायक संस्था एनसेल किनबेचका क्रममा भएको भनिएको करछली सम्बन्धि विषय तीन महिनाभित्र टुङ्गो लगाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले आवस्यक छानविन गरी एनसेलबाट ऐन अनुसार कर असुली गर्न तीन महिनाको समय दिएको हो । 

बैठकमा समिति सदस्यले अर्थ मन्त्रालय र कर कार्यालयका अधिकारीसँग एनसेल किनबेचका क्रममा छली भएको भनिएको करबारे प्रश्न गरेका थिए ।

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले कर असुलीको विषयमा काम भइरहेको भन्दै अझै ३ महिनाको समय आवश्यक पर्ने बताएका थिए । करको दायित्वबाट कोही कसैले उन्मुिक्त नपाउने उनको भनाइ छ ।

कर कार्यालयका महानिर्देशक चुडामणि शर्माले एनसेलको विषयमा कानुनी र सैद्धान्तिक रुपबाट अनुसन्धान सकिएको भन्दै जतिसक्दो चांडो निर्णय सार्वजनिक गर्ने बताए ।

टेलीसिरिया कम्पनिले एनसेल अर्को कम्पनि एक्जिएटालाई बेच्दा २३ अर्ब रुपैयाँ कर छली गरेको आरोप लागेको छ । 

गत वर्ष चैतमा दिएको निर्देशन कार्यान्वयन नभएपछि लेखसमितिले अर्थ मन्त्रालयको आग्रहमा पुन: तीन महिनाको समय दिएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...