पाल्पामा बस दुर्घटना,२ को मृत्यु, २० घाइते

  • पाल्पा २ माघ। 

पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा गएराति बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन् ।

दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ ।

उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ ।

बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना ४ ख ९२१८ नंको गाडी गएराति १०ः४५ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...