मधेशी मोर्चा बिना निर्वाचन असम्भव : जबरा


  • भक्तपुर, २८ पुस । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संबिधान संशोधन गरि मधेसका जायजमाग सम्बोधन नगरि गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताएका हुन् । 

उनले संबिधान संशोधनमा अंगिकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको बताए । 

उनले अन्य देशमा जसरी बर्षौ लाग्छ त्यसरी नै लागू गर्नु पर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको बताए । स्थानिय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उनले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए । 

दोस्रो जनआन्दोलन पश्चात नेपालको राष्ट्रियता इतिहासमै कम्जोर भएको भन्दै राष्ट्रियताको सवालला लिएर नै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको बताए । 

संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए । 

उनले अब प्रचण्ड सरकारमा फेरबदल हुने भन्दै कमल थापा सरकारमा जान लागेको बताउँता पनि तत्काल सरकार परिवर्तन नहुने बताए । 

भुकम्प पिडितहरुलाई उपलब्ध गराएको पचास हजार सबैले नपाएको र जग समेत हाल्न नपुग्ने भन्दै उनले तत्काल सरकारले छानो छाउन सक्नेसम्मको बजेट उपलब्ध गराउनु पर्नेमा जोड दिए । 

उनले पिडितलाई राहत दिने भन्दा पनि सिओ परिवर्तन गरि आफ्नो लाभ लिने परम्परा गलत भएको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...