डोनाल्ड ट्रम्पले आजदेखि अाैपचारिक रुपमा ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्दै

  • एजेन्सी, ७ माघ । 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्दै छन । गत नोभेम्बरमा भएको चुनवामा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित भएका थिए । 

ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन् । शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबारदेखि नै राष्ट्रपति बाराक ओबामाको कार्यकाल पूरा हुँदैछ । 

ट्रम्प शपथ ग्रहण समारोहका लागि ह्वाइट हाउस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्प सामु विभाजित देशलाई एकतावद्ध बनाएर लैजाने चुनौती छ । चुनावी अभियानदेखि नै महिलामाथिको प्रतिक्रिया तथा विभिन्न यौन दुर्व्यवहारका आरोप तथा भिडियोका कारण ट्रम्प आलोचनको घेरामा छन् ।

ट्रम्पले महिलाप्रति व्यक्त गर्ने विचार अपमानजनक भएको भन्दै धेरै आलोचना गर्ने गरेका छन् । रिपब्लिकन पार्टी भित्रकै धेरै नेता पनि ट्रम्पको व्यवहारबाट खुशी छैनन् ।

यस्तै विभिन्न विषयमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने विचारका कारण पनि ट्रम्पको आलोचना हुने गरेको छ । यसैगरी चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा छन् ।

विश्लेषकले अमेरिका इतिहासकै विभाजित अवस्थामा रहेको बताएका छन् । विभाजित देशलाई एक बनाएर लैजानु ट्रम्पको चुनौती हो । तर ट्रम्पले भने देश चुनावी अभियान भन्दा पहिलेदेखि नै विभाजित रहेको बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...