उर्जामन्त्रीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता भएको खुलासा
- अर्घाखाँची, २९ पुस ।
माओवादी नेता डिलाराम आचार्यको भनाईलाई कारण देखाइएर भिडको मनोविज्ञान जस्तो देखाइएको भएपनि नेकपा एमाले अर्घाखाचीले अघिल्लो दिनबाटै आक्रमण गरी शर्मालाई बोल्न नदिने योजना बनाएको अर्घाखाचीका माओवादी नेताहरुले बताएका छन् ।
प्रमुख वक्ताको रुपमा महोत्सवमा सहभागी हुन पुगेका शर्मा सहभागी कार्यक्रममा ढुंगा प्रहार भएपछि उनलाई स्थानीय प्रहरीले सुरक्षा घेराबन्दीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो ।
महोत्सवमा बोल्दै माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेशको सीमा विभाजनले खास ठूलो असर नपर्ने बताएपछि मञ्चमा ढुंगामुढा प्रहार भएको थियो ।
आचार्यको भनाईलाई आधार बनाएर ढुंगा हान्न सुरु गर्ने एमालेका जिम्मेवार जिल्लास्तरिय नेता भएको समेत बताइएको छ ।
प्रहरीले सूरुमा ढुंगा हान्नेको पहिचान गरेको भएपनि जिल्लाको अवस्थालाई ख्याल गर्दै कुनै कारवाही अघि बढाएको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...