सहिद दिवसको अवसरमा अखिल क्रान्तिकारी)द्धारा सहिद परिवारसँग भेटघाट
- जंग रेउले ।
सहिद दिवशको अवसर पारेर नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारीले शहिद दिबशको अवसर पारेर सहिद परिवारका बालबालिकासँग भेटघाट गरेको छ।
दाङको बनकट्टीमा रहेको सहिद स्मृति आवासिय विद्यालयमा अखिल (क्रान्तिकारी) राप्ती व्युरोले एक कार्यक्रमको आयोजना गरी सहिदका सन्तानसँग भेटघाट गरेको हो ।
भेटघाटमा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा राप्ती व्युरो संयोजक नरेन्द्र वि.क.ले सहिदको सपना साकार पार्न अर्काे बलिदानी गर्न परे पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।
दलालहरुको कारण देश जटिल मोडमा पुगेकाले देश जोगाउँन तपाई, हामी सम्पूर्ण सहिद परिवारहरु एकजुट भएर एकिकृत जनक्रान्तिको बाटोमा लामबद्ध भएर अगाडि बढ्न पर्ने बताए ।
कार्यक्रममा विद्यार्थी प्रेम वि.क, कुलदिप नेपाली, कविता पुनले सहिदको सम्झना स्वरुप कविता वाचन गरेका हुन । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य हेमन्त जिसी, अखिल क्रान्तिकारी दाङ जिल्लाका संयोजक मदन केसी, विद्यालयका शिक्षक राजेन्द्र पौडेल र शिक्षिका समिता शर्मा लगातले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
गिता बुढाको स्वागत गीतबाट सुरु भएको कार्यक्रयमको सहजिरण तेज विक्रम वलीले गरेका हुन ।
त्यस्तै सहिद स्मृति विद्यालयमा अध्ययन गर्दै गर्दा ज्यान गुमाएका तिन जना विद्यार्थीहरुको नाममा डि.एन.एन. स्मृतिकोष स्थापना गरेका छन ।
उक्त कोषमा सोही विद्यालयका विद्यार्थी लालकिरण घर्तिलाइ संयोजक तोकिएको छ । विद्यार्थीलाई थप हौसला प्रदान गर्नको लागि अखिल क्रान्तिकारी राप्ती व्युरोद्धारा उक्त कोषलाई १० हजार रुपैया हस्तान्त्राण गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...