माओबादी केन्द्रका १० नेताले छोडे पार्टी, वैद्यकोमा प्रवेश

  • दिपक अनुरागी ।
माघ ३, कपिलवस्तु ।

नेकपा माओवादी केन्द्र परित्याग गरी १० जना नेता तथा कार्यक्रर्ता मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । 

माओबादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य सक्टु यादवको नेतृत्वमा आइतबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी नेताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् । 

पार्टि परित्याग गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “महान जनयुद्धका क्रममा उठाएको राजनितिक सिद्धान्त विचार र राजनितिक कार्यदिशालाई तिलाञ्जली दिदै पुरानै खालको संसदीय मुल्य मान्यतालाई आर्दश मानेर आज प्रचण्ड नेतृत्वको माओवादी केन्द्र देश र जनतालाई धोका दिने काम गरेको छ । ” त्यसैले हामी पार्टि परित्याग गरेका हौँ । 

माओवादी केन्द्र परित्याग गर्नेमा जिल्ला सदस्य सक्टु यादव, एरिया सदस्य विष्णु प्रसाद कुर्मी, पार्टी सदस्य चित्र कोरी, रामरुप अहिर, पुष्पा यादव, प्रभु यादव, रामदिन कुर्मी, गोविन्द कुर्मी र जगदम्बा कुर्मी रहेका छन्। 

उनिहरु सबैलाई नेकपा क्रान्तीकारी माओवादीमा प्रवेश गराएको क्रान्तीकारी माओबादीका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी समिर केशिले बताए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...