हैसियत नमिल्दा सरकारबाट थापा–गच्छदार बाहिरै

  • काठमाडौं, ७ माघ ।

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ।

दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए।

उनले दुई/तीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए। स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए।

स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो। गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपर्ने दाबी गरेका थिए। त्यस्तै उनीहरुले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपर्ने दाबी गरेका थिए। त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...